प्रचण्डको भारतीय पक्षपोषण खेदजनक : शान्ता चौधरी

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहकी नेतृ शान्ता चौधरीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय पक्षपोषण गर्नु खेदजनक भएको बताएकी छन् ।

प्रचण्डले एक अन्तर्वार्तामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुने बताएका थिए । प्रचण्डको उक्त भनाईप्रति टिप्पणी गर्दै नेतृ चौधरीले यस्तो बताएकी हुन् । ‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ,’ उनले सामाजिक सञ्जालमार्फत कनेकी छिन्, ‘भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।’

विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भएको उनको भनाई छ । चौधरीले अगागि भनेकी छिन्, ‘देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले आफूहरुमा रहेको भ्रम चिरिदिएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस