फाइल फाेटाे

ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउँछु : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका छन् । प्रचण्डले केपी शर्मा ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका हुन् ।

आफूलाई प्रधानमन्त्रीको लोभ नभएको उनको जिकिर छ । ‘मलाई प्रधानमन्त्रीको लोभ छैन, म दाबी पनि गर्दिनँ । दुई चार दिनभित्रै हामी यो समस्याको अन्तिम चरणमा पुग्छौं,’ प्राइम टाइम्स टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले भने, ‘मैले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ, देउवालाई बनाएर मुलुकलाई अगाडि बढाउँछु ।’

प्रधानमन्त्री ओलीले संसदमा नै सामना गर्ने बताइसकेकाले आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव गरेर उनलाई हटाएर बिदा गर्ने प्रचण्डको दाबी छ । केपी ओली प्रवृतिसँग सम्झौता गरेर एकता सम्भव नहुने पनि पनि उनले स्पष्ट पारे । ‘अब केपी ओली प्रवृत्तिसँग सम्झौता गरेर पार्टी एकता कायम रहिरहन सक्दैन, ’ उनले भने, ‘सर्वोच्च अदालतले त्यत्रो फैसला गर्दा पनि केपी ओलीमा नैतिकताको न पनि देख्न पाइएन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस