फाइल फाेटाे

काठमाडौंमा फेरि बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।

बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’

यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू देखिएको थियो । केहि साताअघि मात्रै सुर्खेतमा पनि बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस