हल अफ फेम सिजन २ को सेमिफाईनल आजराति ८ बजे

काठमाडौं । एमएनटीभी अष्ट्रेलियाले आयोजना गरेको प्रतिभा प्रोत्साहन कार्यक्रम अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतिस्पर्धा हल अफ फेमको सिजन २ निष्कर्षतिर अघि बढेको छ । गएको जनवरी पहिलो साताबाट सुरु भएको कार्यक्रममा सैयौं प्रतिस्पर्धीको होडमा उत्कृष्ट ५० छानिएका थिए ।

ति उत्कृष्ट ५० मध्येबाट टप २७, टप ९ हुँदै शुक्रबार टप ६ प्रतिस्पर्धीहरुको गायनकला हेर्न पाइनेछ । टप ६ मा को पुगेको छ भन्ने थाहा पाउन आज शुक्रबारको हल अफ फेमको एपिसोड हेर्नुपर्ने हुन्छ ।

हल अफ फेम प्रतिभा प्रोत्साहनका लागि नेपाल बाहिरबाट सञ्चालन गरिएको सबैभन्दा ठूलो गायन प्रतियोगिता हो । यसको सेमिफाईनल र फाईनललाई भव्यताका साथ अघि बढाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने एमएनटीभी अष्ट्रेलियाका अध्यक्ष चन्द्र योन्जनले बताउनुभयो ।

योन्जनको भनाई थियो, “पहिलो सिजन हामीले मेलबर्नमा मात्रै सीमित राखेर यहाँका प्रतिभाहरुलाई प्रोत्साहन गर्न कभर सेसन गरेका थियौं । दोश्रो सिजनमा आएर हामीले अनलाईनमार्फत विश्वभरका प्रतियोगीहरुलाई समेट्ने अवसर पायौं ।”

हल अफ फेम सिजन २ मा निर्णायकको रुपमा वरिष्ठ गायक दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमाल रहनुभएको छ । विवेक श्रेष्ठ अष्ट्रेलियाबाट नै प्रतियोगितामा जोडिनुभएको छ भने दिप श्रेष्ठ धरानबाट स्टुडियोमा उपस्थित भई प्रतिस्पर्धीहरुको गायन प्रतिभाको मूल्यांकन गर्नुहुन्छ । हल अफ फेममा विश्वका विभिन्न १२ देशबाट प्रतिस्पर्धीहरु सहभागी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस