एनआईसी एशिया बैङ्कद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्नो सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता भएका गोकर्णेश्वर अत्तरखेल निवासी केदार कुमार उदास लाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीद्वारा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत पाउन सक्ने छन् ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ४८ लाख भन्दा बढी रकम प्राप्त गरि सकेका छन् । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।

हाल बैंकले ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको …

प्रतिकृया दिनुहॊस