पूर्वप्रधानमन्त्री भट्टराई दिल्लीमा अस्पताल भर्ना

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएका हुन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनलाई अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिनेछ । भट्टराई नेपाल वायुसेवाको विमानबाट आइतबार स्वास्थ्य उपचारका लागि भारतको राजधानी नयाँदिल्ली गएका थिए ।

उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । चिकित्सकहरुले उनमा न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेका थिए । चिकित्सकहरुको सल्लाह र सिफारिसमा भट्टराई थप उपचारका लागि दिल्ली गएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस