माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा धरान र ढल्केबर कृषि उपज बजारमा

काठमाडौं । माछापुच्छ्रे बैंकको क्युआर कोर्ड सेवा धरान र ढल्केबर कृषि उपज बजारमा संचालनमा ल्याएको छ ।

धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजारस्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले क्यूआर कोर्ड सेवाको सुरुवात गरेका हुन् ।

उक्त क्युआर कोर्ड सेवा सुरु भएसंगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पोखराका ३ स्थानमा माछापुच्छ्रे बैंककाे क्युआरकोड सेवा

पोखरा । माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि र सिद्दार्थ चोकमा …

प्रतिकृया दिनुहॊस