कुमारी बैंक र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनबीच सहकार्य

काठमाडौं । कुमारी बैंक लिमिटेड र चाँदनी चोक बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवामा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट दिने सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक श्रीमती नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरेका छन् ।

सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो …

प्रतिकृया दिनुहॊस