प्रतिनिधिसभा विघटनविरुद्ध रिट: आजबाट फैसलाको प्रतीक्षा

काठमाडाैँ । प्रतिनिधि सभा विघटन मुद्दा अब छिनोफानोतिर गएको छ । फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा पेसी तोकेको छ ।

सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका अनुसार मुद्दामा फैसला अब जुन दिन पनि आउन सक्छ ।

फागुन ७ गतेको इजलासमा उनले ११ गते पनि फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ प्रधानन्यायाधीश राणाले भनेका थिए ।

प्रतिनिधि सभा विघटनमा सर्वोच्चले के फैसला गर्छ भन्नेमा आमचासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णय गरेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस