नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सहयाेग

काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई एक थान सोलार वाटर हिटर, १० थान बंक बेड, मास्क तथा स्यानिटाइजर सहयोग गरेको छ ।

आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामान हस्तान्तरण गरिएको हो ।

सन् २०१८ देखि सञ्चालनमा आएको उक्त उक्त सामाविक संस्थाले सडकमा जीवन विताइरहेका, शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिको उद्दार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको छ ।

हेटौंडामा प्रधान कार्यालय रहेको उक्त आश्रमले सातै प्रदेशका १७ केन्द्रहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा घरबारविहीन र मानसिक …

प्रतिकृया दिनुहॊस