मुक्तिनाथ विकास बैंककाे ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमलाई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ।

बैंककाे यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै घन्टा लिन सक्नेछन्।

आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।

यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस