सुनको मूल्यमा प्रतितोला ८ सय वृद्धि

काठमाडौं । सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । फागुनको पहिलो साता लगातार घटिरिरहेको सुनको मूल्य दोस्रो साताको आइतबार भने बढेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शनिबारसम्म छापावाल सुन प्रतिताेला ८८ हजार २ सय र तेजाबी सुन प्रतिताेला ८७ हजार ७ सय ५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर आइतबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टेलिकमले माग्यो १२९ कर्मचारी, कुन पदका लागि कति जना ? (सूचनासहित)

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । टेलिकमले विभिन्न प्राविधिक …

प्रतिकृया दिनुहॊस