प्रेस युनियन अर्घाखाँचीको ‘विकासका लागि सञ्चार’ स्मारिका बिमोचन

काठमाडौँ । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको मुखपत्र बिकासका लागि सञ्चार स्मारिका २०७७ को एक समारोहकाबीच विमोचन गरिएको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अबसर पारेर गरिएको कार्यक्रममा मुखपत्र स्मारिकाको विमोचन कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले गरे । कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान गर्ने पत्रकारहरुको उत्साह वृद्धिका लागि विभिन्न पत्रकारिता पुरस्कारहरुको घोषणा र पुरस्कृत गरिएको थियो ।

यस्तै जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार महासंघ अर्घाखाँचीका पूर्व पदाधिकारी तथा पत्रकारहरुलाइ सम्मान गरिएको छ । उक्त कार्यक्रममा जिल्लामा सक्रिय संचार गृह तथा संचारकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।कार्यक्रममा प्रमुख अथिती पुष्पा भुसाल, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, केन्द्रिय सदस्य जैंसिंह केसी, केन्द्रिय सदस्य कल्पना शर्मा, काङ्ग्रेस नेता रेवती प्रसाद भुसाल, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, प्रजिअ बिष्णु पौडेल, पाणिनी गाउपालिकाका अध्यक्ष अच्युत गौतम, वरिष्ठ संचारकर्मी, रिपोर्टस क्लब लुम्बिनी प्रदेसका रामकुमार क्षेत्री, राजनितिक दलका प्रतिनिधि लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

विमोचन कार्यक्रमको सभापतित्व प्रेस युनियन अर्घाखाँचीका सभापति बिरेन्द्र केसी र संचालन बिष्णु खनालले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस