नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा

काठमाडौं । नेपाल बैंकको एक्सटेन्सन काउन्टर राष्ट्रिय बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बैङ्क र बीमा कम्पनीबीच उक्त कम्पनीका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा कम्पनीमा बैङ्कको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस