गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु

काठमाडौँ । गुल्मीमा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात घाइते छन् । गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मीका लागि छुटेको लु१ज १९८८ नम्बरको जिप बुधबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा २७ वर्षीया गोमा नेपाली, २८ वर्षीया शान्ति नेपाली र ४८ वर्षीय एकराज पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तिनैजना रेसुङ्गा १४ ठुलोपधेराका हुन् । जिप चालक भरत पोखरेल घाइते छन् । चालकसहित ७ उपचार भइरहेको छ ।

पानी परेको र कच्ची सडक भएको कारण चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि …

प्रतिकृया दिनुहॊस