उत्तर कोरियाली नेताकी पत्नी एक वर्षपछि सार्वजनिक कार्यक्रममा

उत्तर कोरियाका नेता किम जङ-अनकी पत्नी एक वर्षभन्दा लामो समयपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

री सोल-जु मङ्गलवार आफ्ना पतिसँग आफ्ना ससुरा किम जङ-इलको जन्मजयन्तीको अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा सहभागी भएकी थिइन्।

प्राय: किमसँगै सार्वजनिक कार्यक्रमहरूमा देखिने री गत सन् २०२० को ज्यानुअरीदेखि कतै देखा परेकी थिइनन्।

उनी देखिन छोडेपछि उनी बिरामी भएको वा गर्भवती भएको आकलन गरिएको थियो।

दक्षिण कोरियाको गुप्तचर संस्थाले सोमवार मात्रै सांसदहरूलाई कोभिड-१९ को डरले सार्वजनिक कार्यक्रममा देखा नपरेको अनुमान गर्दै उनले सन्तानसँग समय बिताइरहेको हुनसक्ने बताएको थियो।

उत्तर कोरियाले औपचारिक रूपमा कोरोनाभाइरस सङ्क्रमण भएको बताएको छैन।

रोडोङ सिन्मनका अनुसार नेता किम पत्नीसँगै साङ्गीतिक कार्यक्रम स्थलमा पुग्दा ठूलो स्वागत भएको थियो।

तस्बिरहरूमा उनीहरू हाँसेको देखिनुका साथै मास्क र सामाजिक दूरी देखिएको छैन।

वी.वी.सी.न्यूजबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस