सरकारलाई कांग्रेसले भन्यो- ‘केरूङ नाका खोल्न तत्काल पहल होस्’

काठमाडौँ । नेपाली काँग्रेसले केरुङबाट आयात/निर्यातलाई सहज तुल्याउन पहल गर्न सरकारसमक्ष माग गरेको छ । उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङ सहज रुपमा सञ्चालन नहुँदा व्यवसायी मारमा परेकोले नाकाको सञ्चालनका लागि पहल गर्न माग गरेको हो ।

‘चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिए लगत्तै अन्तर्राष्ट्रिय सिमा नाकाहरुमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो,’ प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख ब्यापारिक नाका केरुङमा नागरिक र ब्यवसायिहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

सीमामा कन्टेनर अलपत्र अवस्थामा रहनु दुःखद भएको कांग्रेसको भनाइ छ । ‘अहिले दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ,’ विज्ञप्तिमा अगाडि भनिएका छ, ‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ । अतः चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकार समक्ष माग गर्दछ ।’

हेर्नुहोस् विज्ञप्ति :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलले गरे कतारका अमिरलाई स्वागत, २१ तोपको सलामी दिइयो

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका क्रममा काठमाडौँ …

प्रतिकृया दिनुहॊस