भ्यालेन्टाइन डे ! प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसर

काठमाडाैँ । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हाे ।

युवापुस्ताले फेबु्रअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि फेब्रुअरी १४ सम्मको सातालाई ‘विक अफ लव’का रूपमा प्रेमप्रति समर्पित गरिँदै आएको छ ।

यो भ्यालेन्टाइन सप्ताहको सबैभन्दा महत्वपूर्ण दिन हो जसलाई भ्यालेन्टाइन डेका रूपमा मनाइन्छ । भ्यालेन्टाइन सप्ताहका अन्य दिनहरूको तुलनामा यो दिन सबैभन्दा विशेष र रोमान्टिक हुन्छ । आफ्नो प्रेमी–प्रेमिकासँगको सामिप्यता, आत्मीयता एवं प्रेमलाई थप प्रगाढ बनाउने तथा नयाँ उचाइमा पुर्‍याउने सबैभन्दा राम्रो अवसरका रुपमा लिइन्छ यो दिनलाई ।

सूचना प्रविधिको प्रयोगले भ्यालेन्टाइन डेको रौनक नेपालमा एक दशक यता ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

  • यसरी सुरु भयो भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डेको सुरुआत सन् २६९ मा भएको मानिन्छ । रोमन सम्राट क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा अवरोध हुने र शान्ति सुरक्षामा खलल पुग्ने भन्दै प्रेम गर्न प्रतिबन्ध लगाएका थिए ।

तर, उनको आदेशको अवज्ञा गर्दै पादरी भ्यालेन्टाइनले प्रेम के हो भन्ने बिर्सिसकेका सैनिक युवा–युवतीलाई भटाभट विवाह गराइदिएपछि आक्रोशित सम्राटले उनलाई फेब्रुअरी १४ अर्थात आजकै दिनमा मृत्युदण्ड दिएका थिए ।

झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए। भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा हरेक फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’का रुपमा मनाउने गरिन्छ । –एजेन्सीको सहयोगमा

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रो धनकुटामा पल्टियो

काठमाडौं । धनकुटामा माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै …

प्रतिकृया दिनुहॊस