फाइल फाेटाे

आजको मौसमः वर्षासँगै हिमपातको सम्भावना

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का केही भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य  पहाडी भू–भागहमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु लागिरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयोगलाई शिक्षामन्त्रीको निवेदन- राजनीति गर्ने शिक्षकलाई कारबाही हुँदैछ,विवरण उपलब्ध गराइदिनु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि …

प्रतिकृया दिनुहॊस