ताजिकिस्तानमा भूकम्प जाँदा भारतमा ठूलो झड्का

काठमाडौँ । ताजिकिस्तानमा भूकम्पको धक्का भारतका थुप्रै स्थानमा महसुस गरिएको छ । आइतबार राति साँढे १० बजेतिर भारतको उत्तरी क्षेत्रमा भूकम्पको ठूलो झड्मा महसुस गरिएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार पञ्जाब, राजस्थान, हरियाणा, उत्तराखण्ड र जम्मू–कश्मीर दिल्लीलगायतका स्थानसमेत भूकम्पको ठूलो झड्का महसुस भएको थियो । नेशनल सेन्टर फर सिस्मोलोजी(एनसीएस) ले सुरुमा भूकम्पको केन्द्रविन्दु भारतकै अमृतसागरमा रहेको जानकारी दिएको थियो ।

पछि भूकम्पको केन्द्रविन्दु ताजिकिस्तान रहेको र भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जानकारी एनसीएसले दिएको थियो । ताजिकिस्तानको मुर्घाब सहरबाट ३५ किलोमिटर पश्चिममा केन्द्रविन्दु बनाएको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस