भारतले विश्वभर दुई करोड २२ लाख खोप दियो

नयाँदिल्ली । कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।

भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।

उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झन्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोबारसहित प्रदान गरिएको हो । माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए ।

भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्वीपलगायत क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ । भारतमा कोरोना भाइरसको विरुद्धमा कोभिसिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्छ । –एएनआई

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस