यतीको एअरलाइन्सको ‘‘भ्यालेन्टाइन डे’ अफरः घरदेखि माउन्टेन फ्लाइट हुँदै घरसम्म सेवा

काठमाडौं । यतीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।

यतीले फ्रेब्रवरी-१४ अर्थात ‘भ्यालेन्टाइन डे’ को दिनमा पर्वतीय उडान गर्ने यात्रुलाई घरबाट विमानस्थलसम्म आउने र घर फर्कनका लागि निःशुल्क ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाएको छ ।

यसको लागी एअरलाइन्सले ‘पिक मी’ संस्थासँग सहकार्य गरेको छ ।

साथै यतीले ‘भ्यालेन्टाइन डे’ को दिनमा उडान गर्ने यात्रुलाई स्मार्ट टेलिकमको तर्फबाट १ हजार रुपैयाँ बराबरको ८ जीबी डाटा, २० मिनेट टकटाइम भएको सिमकार्ड सित्तैमा उपलब्ध गराउनुका साथै ‘किनम्न’ अनलाइन सपिङको तर्फबाट रु ५०० भन्दा बढी मूल्य बराबरको २४ के. रोज गिफ्ट दिने व्यवस्था मिलाएको प्रवक्ता बर्तौलाले बताए ।

उक्त अफर जोडिलाई मात्र नभएर एकजनालाई पनि लागू हुने एअरलाइन्सले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई …

प्रतिकृया दिनुहॊस