राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर ५.६१% कायम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले फागुन १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

हाल बैंकले २४ प्रकारका साधारण बचतखाता सञ्चालन गरिरहेको छ । बैंकले साधारण मुद्दति खातामा व्यक्तिगत तर्फ ३ महिनादेखि ३ वर्षसम्मलार्ई ५.५० प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विषेश मुद्दति खातामा भने १ वर्षदेखि ५ वर्षसम्मलाई व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६.५० प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

यसैगरी, बैंकले कर्जातर्फ ५.६१ प्रतिशत वेसरेट र ४.०९ प्रतिशत स्प्रेडदर कायम गरी ब्याजदर निर्धारण गरेको छ । हाल बैंकको ३० प्रकारका कर्जाका प्रोडक्टहरु छन् ।

जसमा बैंकले न्यूनतम ६.६१ प्रतिशतदेखि अधिकतम ८.८६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

बैंकले सवारी कर्जा, घर कर्जा, आवधिक कर्जा, सेयर धितो कर्जा, ओभरड्राफ्ट लगायतका कर्जा ६.६१ प्रतिशतदेखि अधिकतम ८.८६ प्रतिशतसम्म ब्याजदरमा दिने उल्लेख गरेको छ ।

बैंकले फिक्स्ड ब्याजदर तर्फ घर कर्जामा ५ वर्षसम्मका लागि ९.५० प्रतिशत, १० वर्षसम्मका लागि १० प्रतिशत, १५ वर्षसम्मका लागि ११ प्रतिशत ब्याजदर तोकेको छ ।

अटो लोन फिक्स्ड ब्याजदरमा ७ वर्षसम्मका लागि ९.५० प्रतिशत र अन्य पर्सनल लोनहरु ९ प्रतिशतदेखि ११ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि दिने भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस