ट्याक्टर दुर्घटनाबाट दुई जनाको मृत्यु

बिराटनगर ।ताप्लेजुङ पाथिभरा याङवरक-१ नाङखोल्याङका २० बर्षीय सुर्यमान राईको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

विहिबार २ बजे ताप्लेजुङ पाथिभरा याङवरक-४ डुम्रिसे स्थित भित्री सडकखण्डमा ना ७ त ३३९ नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक याङवरक-१का २३ बर्षिय नर बहादुर राईलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी मोरङ सुनवर्षी-४ का २३ बर्षीय मिथलेस यादवको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।

विहिबार राती साढे ९ बजे सुनवर्षी-४ स्थित भित्री सडकखण्डमा को १ त ३६७० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक यादब गम्भिर घाईते भएका थिए । घाईते यादबको रंगेली अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस