आदर-सम्मान गर्ने हाम्रो विशिष्ट पहिचान : सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तामाङ जातिको ‘सोनाम ल्होसार’ तथा शेर्पा जातिको ‘ग्याल्बो ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देशमार्फत विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आ-आफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गर्दै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने विशिष्ट पहिचान पनि रहेको बताएका छन् ।

यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउँदै आएको र मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै सभापति देउवाले सोनाम/ग्याल्बो ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । रासस

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । …

प्रतिकृया दिनुहॊस