फाइल फाेटाे

काठमाडौंमा फेरि देखियो बर्ड फ्लु

काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लु देखिएको छ । वडा नम्बर १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु देखिएको हो ।

यसअघि नगरपालिकाको वडा नम्बर –७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टि भएको थियो । त्यसपछि बर्ड फ्लु नियन्त्रणमा रहेको दाबी गरेको सरकारले दुई साता नबित्दै फेरि सोही क्षेत्रमा बर्ड फ्लु देखिएको छ ।

पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बर्ड फ्लु देखिएको हो । शंकास्पद रूपमा कुखुरा मरेपछि निगरानी भइरहेको थियो,’ उनले भने, ‘परीक्षण गर्दा त्यहाँ पनि बर्ड फ्लु भएको पुष्टि भएपछि पन्छी नष्ट गरिएको छ ।’

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको विभागले बताएको छ । यस क्रममा १४ सय २१ वटा हाँस, ४२ वटा लोकल कुखुरा, २६ अन्डा र ८ सय किलो दाना नष्ट गरिएको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार अहिले देखिएको बर्ड फ्लु तुलनात्मक रूपमा कमजोर छ । ‘बर्ड फ्लु देखिएको क्षेत्र पूरै नियन्त्रणमा लिएका छौं । थप सूक्ष्म निगरानी भइरहेको छ,’ ढकालले भने, ‘त्यो क्षेत्रलाई सिल गरिएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस