बढ्यो खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य

काठमाडाैँ । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पनि गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।

जसअनुसार पेट्रोल तथा डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल तथा मटितेलको ९५ रुपैयाँ पर्नेछ ।

त्यसैगरी एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।  हवाई इन्धनको मूल्य हाललाई यथावत् राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस