नेपालमा कोरोना खोप बढी प्रभावकारी देखियो, प्रयोग बढाऔं : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का विशेषज्ञले कोरोनाविरुद्ध एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको खोपको प्रयोग बढाउन सिफारिस गरेका छन् ।

बुधबार उनीहरूले खोपको नकारात्मक असर (साइडइफेक्ट) को तुलनामा फाइदा बढी देखिएको बताएका हुन् । एस्ट्राजेनेका–अक्सफोर्डले विकास गरेको कोरोना खोप भारतले कोभिसिल्ड नाममा उत्पादन गरिरहेको छ र नेपाललाई पनि १० लाख डोज निःशुल्क उपलब्ध गराएको छ। जुन अहिले देशभर लगाउने क्रम जारी छ ।

स्ट्राटेजिक एडभाइजरी ग्रुफ अफ एक्सपर्ट्स (एसएजीई) ले आफ्नो सिफारिमा भनेको छ– डब्ल्यूएचओद्वारा समीक्षा गरिएको तथ्यांकले यस कुराको पुष्टि गर्छ । बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको अध्ययनका आधारमा विशेषज्ञले एस्ट्राजेनेका–अक्फोर्डद्वारा विकसित खोपको दुई डोज दिइएपछि ६३.०९ प्रतिशत प्रभावकारिता देखिएको बताएका छन् ।

एसएजीईले दोस्रो डोज ८ देखि १२ हप्ताभित्र दिन पनि सिफारिस गरेको छ । धेरैजसो खोपमा यस्तो अन्तर २४ दिनको राख्ने गरिएको छ । अक्सफोर्डको खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसका लागि पनि सुरक्षित देखिएको दाबी गरिएको छ ।

विशेषज्ञको टोलीले एस्ट्राजेनेका–अक्सफोर्डको खोप कोरोनाको नयाँ प्रकारविरुद्ध भने कम प्रभाव देखिएको बताएको छ । तर पनि कोरोनाको नयाँ स्वरूप फैलिएको दक्षिण अफ्रिकामा पनि यो खोप लगाउन सिफारिस गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस