विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्राधिकरणको संचालक समितिको बैठकले शाक्यलाई कार्यकारी निर्देशकको सरह पूर्ण अधिकारसहित ६ महिनाको लागि कायम मुकायम कार्यकारी निर्देशक नियुक्त गरेको थियो । यसअघि प्राधिकारणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं उपत्यकाका धेरै ठाउँमा आज विजुली जाने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा आज (शनिबार) विजुली …

प्रतिकृया दिनुहॊस