दोस्रो चरणको खोप अभियान आजबाट, १३ हजार पत्रकारलाई कोरोनाकाे खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियान शुरु गर्दैछ ।

कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपंत्तिमा काम गर्ने पत्रकारलाई पनि लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो ।

सरकारले आजबाट पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्रसंघका कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन लागेको हो । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिएका छन् ।

उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए । स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ ।

खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाई सकिएको छ । पहिलो चरणको अभियान शनिबारबाट सकिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस