फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो ।

खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ । घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ ।

मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी प्रशिक्षणका क्रममा घाइते भएका थिए । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस