प्रधानमन्त्रीले गरे नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् । हेलिकप्टरबाट ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०-१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरे ।

नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन भने नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको हो । २२०-१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् । ‘राष्ट्रिय विद्युत् विकास दशक’ कार्यक्रमअन्तर्गत ढल्केबरमा जीआईएस प्रविधिमा आधारित स्वचालित ४ सय केभीको सबस्टेसन निर्माण गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००-२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस