सानिमाको नयाँ शाखा कुपन्डोलमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपूरको कुपण्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भयो ।

उद्घाटन समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभ कामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १५विस्तारित काउन्टर र ८५ वटा एटीएम सञ्चालनमा रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो …

प्रतिकृया दिनुहॊस