पानीजहाज कार्यालयको काम : मस्यौदा र अध्ययनमै बित्यो एक वर्ष

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज कार्यालयले एक वर्षको अवधिमा कानुनको मस्र्यौदा तयार पार्ने र अध्ययन गर्ने काम मात्र गरेको हो ।

कार्यालयले वित्तीय प्रगति समेत राम्रो देखाउन सकेको छैन । आर्थिक वर्ष २०७६–७७ मा पानीजहाज कार्यालयको कुल विनियोजित रकम ७ करोड ६३ लाख २६ हजार रहेकामा १ करोड ७८ लाख मात्र खर्च गरेको छ ।

सो रकमको २३ प्रतिशत वित्तीय प्रगति रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पानीजहाज कार्यालयले वर्षभरिका मुख्य उपलब्धिका रुपमा कानुनको मस्यौदा तयार गर्ने, अध्ययन गर्नेलाई लिएको छ ।

मन्त्रालयको वार्षिक प्रगति विवरण अनुसार कार्यालयले मुख्य उपलब्धिका रुपमा नेपाली पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी ऐन २०७६ को मस्यौदा तयार भई स्वीकृतिको क्रममा रहेको र कर्णली, नारायणी, कालीगण्डकी र कोसीमा जलमार्गको विस्तृृत सम्भाव्यता अध्ययनका लागि आवश्यक कार्य अघि बढाइएको उल्लेख गरेको छ । राजधानी दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस