पौने ३ करोड ठगी आरोपमा पक्राउ परे स्कुल सञ्चालक

काठमाडौँ । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेको छ । शनिबार काठमाडौंबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य चार जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेयर कप २०७७ क्रिकेट डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित (मेयर कप …

प्रतिकृया दिनुहॊस