नेपाल क्रेडिट एण्ड कमर्स बैंकको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा आर्थिक वर्ष २०७६/७७ को २३औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

उक्त सभामा प्रस्ताव गरिएको १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भई सम्पन्न भएकाे छ ।

यसै साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ ।

साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समुह “क”बाट सञ्चालकहरुमा  मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला,  सुमन कुमारी जोशी र  निशेष प्रधान निर्वाचित भएका छन् ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट बेनी अस्पताल, बेनी नगरपालिका …

प्रतिकृया दिनुहॊस