ग्लोबल आइएमई बैंकद्वारा नख्खु क्षेत्रमा क्यूआर मार्फत नगद रहित कारोबार प्रवद्र्धन कार्यक्रम आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले नगद रहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरेका हुन ।

नगद रहित कारोवार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस