सवारी दुर्घटना ३ जनाको मृत्यु

बिराटनगर। प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाँउपालिका-५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको छ ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१- ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका-११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस