एनआईबीएलका सेयरधनीलाई १८.५ प्रतिशत लाभांश दिइने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)का शेयरधनीले कुल १८.५ प्रतिशत लाभांश साउने भएका छन् । यस मध्ये १३ प्रतिशत बोनश सेयर र ५.५ प्रतिशत नगद लाभांश दिने भएको हो । आर्थिक वर्ष २०७६÷७७ को ३४ औं वार्षिक साधारण सभाले बिहीबार उक्त लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ५१ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कुल निक्षेप १ खर्ब ५२ अर्ब रुपैयाँ थियो । कुल ऋण प्रवाह (लगानी) १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको कुल लगानी १ खर्ब २७ अर्ब रुपैयाँ रहेको थियो । .

बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरमार्फत् ग्राहकलाई सेवा पु¥याउँदै आएको साधारण सभामा बैंकले जानकारी दिएको छ ।

बैंकले ५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाएको छ । बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भएको छ । इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा भर्चुअल रुपमा बैंकको साधारणसभा बिहीबार भएको हो । साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धी, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो । साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस