एनआईसी एसियाको एटिएम मेसिन फोड्दै गरेका २ जना पक्राउ

काठमाडौं । एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेसिन फोड्दै गर्दा  बैतडी महादेवस्थान गाउँपालिका वडा नं ५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक पक्राउ परेका हुन् । फरार रहेका शुरेस धानुक हिजो साँझ पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ ।

पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको …

प्रतिकृया दिनुहॊस