माछापुच्छ्रे  बैंक र एशियन डेभलपमेन्ट बैंकबीच टीएसिफपी कार्यक्रम अन्र्तगत सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडीबी) बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडीबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स,स्टेभन विक तथामाछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसंग सहकार्य गरिसकेको छ ।

उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसंग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ ।

आफ्ना ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले एडीवीसंग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठुलो टेवा पुग्ने विश्वास लिएको छ ।

स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक  रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहदै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस