उपचारपछि स्वदेश फिर्ता भएका रूसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाट पक्राउ

एजेन्सी । उपचारपछि स्वदेश फर्किएका रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीलाई मस्कोमा प्रहरीले हिरासतमा लिएको छ । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत रूसी राजधानी मस्को फिर्ता भएका थिए ।

प्रहरीले कुनै कारण नदेखाएर हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । नाभाल्नीका प्रवक्ताका अनुसार साथ रहेका उनका वकिललाई समेत भेट्न दिइएको छैन ।

हिरासतमा लिनुअघि विमानस्थलमा नाभाल्नीले पछिल्लो पाँच बर्षमा यो दिन उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । उनले आफु नडराउने भन्दै आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी गरेका थिए ।

गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।

उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस