विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

काठमाडौं । विश्वभर कोभिड-१९ को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ९ करोड ४३ लाख नाघेको छ भने २० लाख १७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ९ करोड ४३ लाख १२ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर २० लाख १७ हजार ८४५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १४ हजार ३९५को मृत्यु भएको हो । अहिलेसम्म ६ करोड ७३ लाख ४५ हजार ३२९ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ४ लाख १ हजार ८५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ४१ लाख २ हजार ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ४८ हजार ८० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८०५ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५२ हजार १३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १७६ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १५ हजार १५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ५ लाख ४३ हजार ६५९ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ८३ लाख ९४ हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १३१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २ लाख ८ हजार २९१ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस