सटिजन्स बैंकको Insta-Buy योजना संचालनमा, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

काठमाडौं ।सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम रु. १० हजारदेखि अधिकतम रु. २ लाख ५० हजारसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने Insta-Buy योजना संचालनमा ल्याएको छ ।

यस Insta-Buy योजना अन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत ग्राहकहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्नुहुने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरूले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नुहुनेछ ।

यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहनुहुने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्नुहुनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस