रिकेशको स्वरमा अञ्जना र दिपकको अभिनय

काठमाडौँ । ‘के माया लाग्छ र ?’, ‘तीनपाते’ र ‘याक्थुङ्मा कान्छी’को सफलतापछि आर्टमाण्डुले ‘तिमी नै तिमी’ बोलको गीत सार्वजनिक गरेको छ।  रिकेशगुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो।

‘तिमी नै तिमी’ आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीत/ भिडियो भन्दा केही पृथक छ। पहिलेका गीत/ भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन।

बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव झल्काइएको छ, जसमाअञ्जना बरैली र दिपक घिमिरेको  अभिनय देख्न सकिन्छ।

गीतको बारेमा आफ्नो धारणा राख्दै गायक/ संगीतकार रिकेश गुरुङ्गले भने, “बजारमा चल्दै आएका अन्य प्रेम-भाव बोकेका गीत भन्दा ‘तिमी नै तिमी’ किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु। मलाई आशा छ यो कोशेली दर्शक/ श्रोताहरुले पक्कै मनपराउनुहुनेछ।

त्यस्तै अञ्जना बरैली भन्छिन, “मेरो विचारमा ‘तिमी नै तिमी’ मा गीत त भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन्। भिडियो हेर्दा जतिआनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ। “

बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस