एभरेष्ट बैंकको २६औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ  ।

भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

साधारणसभाले शेयरधनीहरुलाई आ.ब. २०७६/०७७ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हाे ।

बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।

सभाले आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेकाे हाे ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस