बदली, हुस्सु–कुहिरो र वर्षाको सम्भावना कुन–कुन क्षेत्रमा ?

काठमाडाै । पूर्व र मध्य क्षेत्रमा आंशिक बदली भए पनि देशको पश्चिमी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू-भागमा बिहानको समयमा हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा  मौसमविदले आग्रह गरेका छन् ।

हाल  देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष २८ गते (मंगलबार)

दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भु-भागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ। देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २९ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २  र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने  सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १ गते (बिहीबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस