सवारी दुर्घटनामा ३ जनाको मृत्यु

बिराटनगर । १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का ३७ बर्षीय छबिरमन ढकालको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका-८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिंदा घाईते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल, यस्तो छ अंकगणित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत …

प्रतिकृया दिनुहॊस