सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामा प्रा.ली.मा विशेष छुट प्राप्त गर्ने

काठमाडाैं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रा. ली., धुमबाराहि, काठमाडौंबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस