आजबाट चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९सय १० कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो।

यो र्आपीओको आवेदन मंगलबार बन्द हुनेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९सय१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो।

पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गरिसकेको छ।

दोस्रो चरणमा भने कम्पनीले चुक्तापुँजीको १० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्न लागेको हो।

यो आईपीओका लागि आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १३ हजार ९६० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस